प्रतिकित्ता ७५० रुपैयाँमा नेशनल माइक्रोफाइनान्सको साढे ६२ हजार कित्ता सेयर किन्ने मौका ! « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

प्रतिकित्ता ७५० रुपैयाँमा नेशनल माइक्रोफाइनान्सको साढे ६२ हजार कित्ता सेयर किन्ने मौका !



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ ।

कम्पनीले ६२ हजार ५०० कित्ता संस्थापक सेयर वित्तीय संस्थाहरुका लागि आजदेखि लिलामीमा बिक्री खुला गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकिएको छ ।

कम्पनीको उक्त सेयर खरिद गर्नका लागि इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले असोज २७ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ ।

कम्पनीको सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । बोलपत्र असोज २८ गते शुक्रबार बिहान १० बजे एनआईबिएल एस क्यापिटलको कार्यालयमा खोलिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्