सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
७ असार २०८३, आइतबार

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाला सुनको भाउ तोलामा १ सय रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९३ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९३ हजार ४ सय रुपैयाँमा निर्धारण भएको छ ।

उक्त दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भई १ हजार १५० रुपैयाँ पुगेको छ । बिहीबार भने १ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्