यस्ता छन् नेटटीभीले ल्याएको दशै विशेष अफरहरु « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

यस्ता छन् नेटटीभीले ल्याएको दशै विशेष अफरहरु



काठमाडौं । नेपालको अग्रणी सेवा प्रदायक नेटटीभीले ‘नेटटीभी फेस्टिभिटि’ दशैं अफर ल्याएको छ । उक्त अफरमा नेटटीभी सबस्क्रिबसनको बन्डल अफर एकदम सुपथ मुल्यमा बजारमा ल्याएको हो ।

अफर अन्तर्गत नेटटीभीको सेट टप बक्स र एक वर्षको सदस्यताको साथमा उपभोक्ताले यसोदाको ३२ इन्च को वाइएस ३२ एनडब्लूएन मोडल एलइडि टिभि वा ४३ इन्च को वाइएस ४३एनडबलूएस मोडलको बिजललेस स्मार्ट टिभि खरिद गर्न सक्नेछन् ।

३२ इन्च को टिभिको नेटटीभी सेट टप बक्स र एक वर्षे प्लानको मूल्य भ्याट सहित १४ हजार ९ सय ९९ रुपैयाँ रहेको छ भने ४३ इन्च टिभिको एनइटिटिभि सेट टप बक्स र एक वर्षे प्लानको मूल्य भ्याट सहित २९ हजार दुई सय ९९ रुपैयाँ रहेको छ ।

दुवै प्लान मा सेट टप बक्स को डिपोजिट ५ सय रुपैयाँ लाग्नेछ ।एनइटिटिभि स्ट्रिमज् जस्तो मनोरंजन प्रविधि छेत्रको नौलो सेवा नेपालमै पहिलो पटक ल्याएर, एनइटिटिभि नेपाल को पहिलो गुगल सर्टिफाइड एनड्रोइड टिभि अपरेटर बन्न सफल भएको छ ।

चाडबाडको माहोलमा आफ्नो उच्च गुणस्तरीय मनोरंजन सेवालाई बजारमै सबभन्दा कम मूल्यमा उच्च गुणस्तरीय टिभिसंग उपभोक्ता माझ ल्याई अफरले दशैंको माहोललाई अझै हर्षोउल्लासमय बनाउने एनइटिटिभि को उदेश्य छ ।


प्रतिक्रिया दिनुहोस्