इन्फिनिटी लघुवित्तको ग्राहक संरक्षण सिद्धान्त तथा वित्तीय साक्षरता तालिम
काठमाडौं । इन्फिनिटी लघुवित्तले सुदुर पश्चिम प्रदेशका फिल्ड कर्मचारीहरुलाई ग्राहक संरक्षण सिद्धान्त सम्बन्धी तालिम दिएको छ ।
उक्त तालिममा ग्राहक संरक्षण सिद्धान्तको बारेमा विस्तृत रुपमा फिल्ड कर्मचारीहरु जानकारी दिई ग्राहक सुहाउँदो सेवा सुबिधा, कर्जा लगानी गर्दा अपनाउनु पर्ने सावधानीहरु, उत्तरदायी मूल्य, ग्राहकमैत्री व्यवहार, गोपनियता र ग्राहकको गुनासो तथा सुझावहरुको कार्यान्वयनको बारेमा फिल्ड कर्मचारीलाई प्रशिक्षित गरिएको जानकारी प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले दिए ।
आर्थिक वर्ष (२०७८/७९) मा शाखा कार्यालयहरुबाट ४ सय २८ जना बाढी पीडित सदस्यहरुलाई राहत वितरण गरिएको, ५ सय ९९ जना ग्राहकहरुलाई सुत्केरी सुबिधा उपलब्ध गराइएको, ५ हजार ७ सय ९ जना सदस्य र २ सय ८३ जना अभिभावकहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको जानकारी गराए ।
त्यसैगरी संस्थाले आफ्ना सदस्यहरुलाई लघुउद्यमी, स्वावलम्वी, आत्मनिर्भर बनाउनको लागि व्यवसायिक तथा उद्यमी तालिम विशेष गरेर तरकारी, च्याउ खेती, गाई, भैंसी, र बाख्रा पालन तालिम गत वर्षमा ४९ वटा शाखा कार्यालयहरु मार्फत २ हजार ३ सय ८९ जना सदस्यहरुलाई दिईएको जानकारी गराए । तालिम पश्चात धेरै सदस्यहरुको मनोवलमा बृद्धि भई लघुउद्यमी समेत भएको जानकारी गराएका छन् ।

नेपालका विपन्न वर्ग, लघुउद्यमी र साना व्यवसायीहरूको आर्थिक तथा सामाजिक उत्थान गर्ने उद्देश्यले लब्धप्रतिष्ठित व्यक्तिहरूबाट प्रवद्र्धन गरिएको नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्थाको रूपमा इजाजतपत्र पाइ संस्थाले २०७९ आषाढ. मसान्तसम्ममा ४५ जिल्लामा ९० वटा शाखा कार्यालयमार्फत ८८ हजारभन्दा बढी सदस्यहरूलाई ४ अर्व ९० करोड रुपैयाँभन्दाबढी लघुकर्जा प्रवाह गरेको र १ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी निक्षेप जम्मा गरी सामाजिक सुरक्षण र विप्रेषण लगायतका लघुवित्त वित्तीय सेवाहरू दिदै आइरहेको जानकारी दिए ।
संस्थाले विपन्न वर्गको उत्थानको लागि शाखा कार्यालय मार्फत ग्राहकमैत्री प्रबिधि सहितको नवप्रवर्तकारी सेवा तथा कार्यक्रम विस्तार गर्ने लक्ष्य लिइएको व्यहोरा समेत अनुुरोध दिए ।


















