नेपाल वाल प्लास्टका ड्राइ मोर्टारहरु बजारमा « Arthapath.com
२५ असार २०८२, बुधबार

नेपाल वाल प्लास्टका ड्राइ मोर्टारहरु बजारमा



काठमाडौं । दक्ष जनशक्ति र गुणस्तरीय निर्माण सामग्रीको पहुँच घरघरमा पुर्याउने लक्ष्यसहित नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रा.लि.ले आफ्ना उत्कृष्ट उत्पादनहरु बजारमा ल्याएको छ ।

माटो, स्लिट तथा अन्य अनावश्यक वस्तुहरु मिसिएको बालुवाको प्रयोगले मिश्रण बलियो नहुनु, दक्ष जनशक्तिको अभाव, मिश्रणमा एकरुपता नहुने, ढुवानी तथा भण्डारणको समस्या, निर्माण कार्य समयमै पुरा गर्न नसकिने, भविष्यमा संरचनाबाट पानीको चुहावटको समस्या, क्र्याकको समस्या तथा अन्य निर्माण कार्य सम्बन्धित समस्याहरु समाधान गर्न नेपाल वाल प्लास्टले आफ्ना उत्पादनहरु बजारमा ल्याएको हो ।

अत्याधुनिक कारखानामा इटालियन उच्च प्रबिधि तथा कम्प्युटराइज्ज प्रणाली र अनुभवी दक्ष प्राबिधिक जनशक्तिद्वारा उत्पादित हुने वालप्लास्ट, इटालियन वर्नरको साथ थ्री रिट्र्न सिलिङ ड्रायर भएको पुर्ण स्वचालित प्लान्टबाट सय प्रतिशत, धुलो माटोरहित ग्रेडिङ गरिएको बालुवा, अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट र विशेष पाउडर तथा अन्य सामग्री मिश्रण गरि निर्माण गरिएको तयारी मोर्टार नेपाली निर्माण बजारका लागि नौलो उत्पादन रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्ना उत्पादनको गुणस्तर र विशेषताबारे स्पष्ट पार्दै पानी राख्नासाथ प्रयोग गर्न मिल्ने, जसले गर्दा समयको बचत तथा मितव्ययी हुने, उत्पादकत्वमा वृद्धि हुन गई कम लागतमा काम सम्पन्न हुने हुँदा उत्पादनको बजार मूल्य सस्तो हुने जनाउँदै, मेसिन मिक्स भएका कारण एकनासको गुणस्तर रहिरहने कम्पनीको दाबी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्