आरम्भ चौतारी लघुवित्तका सीईओ शर्माको राजिनामा स्वीकृत, ज्ञवालीले पाए जिम्मेवारी
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्माको राजिनामा स्वीकृत भएको छ ।
कम्पनीको भदौ २५ गते शनिबार बसेको संचालक समितिको १२७औं बैठकले शर्माले दिएको राजिनामा स्वीकृत गरेको हो ।
सोही बैठकले भदौ २६ गतेदेखि लागू हुनेगरि नायब कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको छ ।



















