एससिटीको ‘दमदार दसैँ धमाका थ्री डी’ अफर, ३३ प्रतिशतसम्म छुटको व्यवस्था

काठमाडौं । स्मार्टचोइस टेक्नोलोजिज लिमिटेडले ‘दमदार दसैँ धमाका थ्री डी ‘अफर सार्वजनिक गरेको छ ।
अफर अन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३% सम्म क्यास्ब्याक प्राप्त गर्न सकिने छ ।
हाल सम्म पनि एससिटी यूपीआई डेबिट कार्ड नलिनु भएका ग्राहकहरुले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्नेछन ।
साथै एससिटी–यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आउनु भएका ग्राहकहरुले पनि यो अफर मार्फत १ हजार २०० रुपैयाँसम्म क्यास्ब्याक प्राप्त गर्न सक्नेछन ।
यस्तै, १ हजार ५०० रुपैयाँ बराबरको पोस कारोबारमा ५०० रुपैयाँ र ३ हजारको कारोबार मा १ हजार क्यास्ब्याक प्राप्त गर्न सकिने छ ।
यो अफर मार्फत सबै एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताहरुले ३३।३३ प्रतिशतसम्मको क्यास्ब्याक प्राप्त गर्न सक्नेछन । अफरको बिस्तृत विवरण एससिटी को आधिकारिक वेबसाईटमा राखिएको छ । यो अफर असोज महिना भरि लागु हुने कम्पनीले जनाएको छ ।