नेपाली बजारमा रियलमीको सबैभन्दा सुपथ मूल्यको नयाँ स्मार्टफोन, कति पर्छ ?

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सबैभन्दा सुपथ मूल्यको फाइभजी मार्टफोन रियलमी नाइनआई फाइभजी लन्च गरेको छ ।
यो स्मार्टफोनमा २.४ जीएचजेटको गतिमा सञ्चालन हुने अक्टा–कोर सीपीयू रहेको छ । यसमा छन् नेटवर्कको फाइभजी डुअल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्छ ।
लन्चको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने,-“हामीले जहिले पनि प्रविधि र नयाँँ आविष्कारलाई सँग–सँगै राखी अगाडि बढिरहेका छौँ । हाम्रो मुख्य उद्धेश्य भनेको फाइभजी लाई धेरै भन्दा धेरै उपभोक्तामा पु¥याउनु हो र यसै सिलसिलामा हामीले नाइनआई फाइभजी नेपाली बजारमा ल्याएका छौँ । हामीलाई आशा छ हाम्रा उपभोक्ताहरुले यो फोनमा भएको उत्कृष्ट फिचरस र डिजाईनकोे राम्रो अनुभव लिनुहुनेछ । अहिलेको नेपाली बजार हिस्सालाई कायम राख्दै नेपाली बजारमा १ करोड रियलमी स्मार्टफोन उपलव्ध गराउने हामीले लक्ष्य लिएका छौँ ।”
उनले थपे,-“५००० एमएएचको शक्तिशाली ब्याट्रि भएको यो फोनमा सुपर पावर सेभिङ मोड पनि रहेको छ । साथै यो सेगमेन्टकै सबैभन्दा ठुलो सेन्सर र ५० एमपिको अल्ट्रा एचडी प्राइमरी क्यामरा सहितको ५० एमपिको एआई ट्रिपल क्यामरा रहेको छ । यसको साथै यसमा भएको डाइनामिक ¥याम एक्स्पान्सन टेक्नोलोजीले मेमोरी कार्डमा ३ जिबी सम्म भर्चुअल ¥याम थप्न मिल्छ । साथै यसको कपासिटिभ रिकग्निसन सिस्टम युक्त फास्ट साइड स्क्यानरले मात्र एक प्रेसमा फोन तुरुन्तै अनलक गर्छ ।”
रियलमी नाइनआई फाइभजी भदौ २८ गतेबाट दराज लगायत नेपालभरि रहेका रियलमीका १ हजार भन्दा बढी स्टोरहरुमा उपलब्ध हुनेछ । यो मेटालिका गोल्ड र रकिंग ब्ल्याक रंगमा उपलब्ध हुनेछ । यसको मूल्य २९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।