एनसेलले ल्यायो दशैं अफर, १०० को रिचार्जमा ४० रूपैयाँसम्म बोनस « Arthapath.com
२८ भाद्र २०७९, मंगलवार

एनसेलले ल्यायो दशैं अफर, १०० को रिचार्जमा ४० रूपैयाँसम्म बोनस



काठमाडौं । एनसेल नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना सार्वजनिक गरेको छ । सार्वजनिक योजना अन्तर्गत ग्राहकले हरेक दिन १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन् ।

उक्त योजना भदौ २८ गते मंगलबार देखि संचालनमा आएको छ । यो योजना अन्तर्गत एनसेलका ग्राहकले रु १०० को रिचार्ज गर्दा १ दिन मान्य रहने रु १० बोनस स्वरुप प्राप्त गर्नछन् । यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ ।

यस योजना अन्तर्गत यदि ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि रु १५० रिचार्ज गरेमा रु २० बोनस स्वरुप प्राप्त गर्छन् । प्राप्त बोनस रकम ३ दिनको लागि मान्य रहन्छ । त्यस्तै ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि रु २०० वा सो भन्दा बढिको रिचार्ज गरेमा ग्राहकले रु ४० बोनस ब्यालेन्स प्राप्त गर्छन् र यो बोनस रकम ७ दिनको लागि मान्य हुन्छ ।

यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन् । प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् ।


प्रतिक्रिया दिनुहोस्