घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
७ असार २०८३, आइतबार

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको पाँचौं कारोबार दिन सुनको भाउ घटेको छ । बिहीबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ ९२ हजार रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, उक्त दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले वृद्धि भई १ हजार १८० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्