नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा फोरजी सेवा शुभारम्भ

काठमाडौं । नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमाहिजो (२०७९ भाद्र २९) फोरजी सेवा शुभारम्भ गरेको छ । त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकामा अवस्थित छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर सेवा सञ्चालनमा ल्याएको हो ।
यससँगै नेपाल टेलिकमको फोरजी सेवापश्चिम नेपालको अन्तिम सीमाना सम्म पुगेको छ । फोरजी सेवाका लागि नेपाल टेलिकमले दार्चुलाजिल्लाको महाकाली नगरपालिका स्थित न्यु बालाशिखरस्थित रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्ममाइक्रोवेभ रेडियो लिंकमार्फत र त्यहाँबाट ज्याक्तीहुँदै छाङरु सम्मआवश्यक नेटवर्क निर्माण गरेको हो । ज्याक्ती र छाङरुका लागि आवश्यक उपकरण दार्चुलाको खलंगादेखि हेलिकप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको थियो ।
अब छाङरुमा रहेकाकरिव १२० जति घरधुरी र ७ सय जति जनसंख्यातथाअन्य क्षेत्रका गरी करिव ४ हजार जनसंख्यायसबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । अब छाङरुको वरिपरि रहेकालिपुलेक, कालापानी रलिम्पियाधुरा क्षेत्रकागुन्जी, नाभी र कुटी तथा टिंकर लगायतका क्षेत्र र सीमाना सम्मफोरजीको पहुँच पुगेको छ ।
नेपाल टेलिकमले सञ्चालनमाल्याएको सो क्षेत्रमा ब्यान्ड २० अर्थात ८०० मेगाहर्जमा मोबाइल मार्फत भ्वाइस र डाटा चलाउन सकिन्छ । यो स्थानमा सशस्त्रप्रहरीको बेस क्याम्पतथा नेपाल सरकारका अन्य विभिन्न कार्यालय समेत रहेका छन् । विकट र दुर्गम स्थानमा समेत सेवाउपलब्ध गराउने नेपाल सरकारको नीतिअनुसार नेपाल टेलिकमले देशकाविभिन्न विकट स्थानमा हेलिकप्टरमार्फत उपकरण ढुवानी गरेर पनि सेवाउपलब्ध गराइरहेको छ । यसैको निरन्तरताको रुपमा छाङरुमा समेत सेवाउपलब्धभएको छ ।