अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाड्यो

काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाडेको छ । विभागले उनीसँग बयान लिएको र, लकडाउनपछि अनुसन्धान गर्ने गरी छाडेको विभागका एक अधिकारीले जानकारी दिए ।
बिहीबार नै जिल्ला अदालत काठमाडौंले थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाडेको थियो । तर अदालत परिसरबाटै प्रहरीले उनलाई पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो ।
जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाललाई गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए ।