मेरोमाइक्रोफाइनान्स लघुुवित्तमा रोेजगारीको अवसर

काठमाडौं । मेरोमाइक्रोफाईनान्स लघुुवित्त वित्तीय संस्था लिमिटेठले कर्मचारी माग गरेको छ । संस्थाले मंगलबार एक सुचना प्रकाशित गर्दै कर्मचारी मागेको हो ।
लघुवित्तले कृषि परार्मशकर्ता पदका लागि १ जना कर्मचारी आवश्यक रहेको जनाएको छ । जसका लागि शैक्षिक योग्यता कम्तिमा कृषिमा जेटिए प्राविधिक तह वा कृषि आइएससी तह उत्तिर्ण भएको हुनुपर्नेछ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति –असोज ११ गते) ले १५ दिन भित्र लघुवित्तको कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।
