बरुण हाइड्रोपावरले साढे ३ लाख कित्ता हकप्रद शेयर कात्तिक १४ गतेदेखि बिक्रीमा ल्याउने « Arthapath.com
१२ असार २०८३, शुक्रबार

बरुण हाइड्रोपावरले साढे ३ लाख कित्ता हकप्रद शेयर कात्तिक १४ गतेदेखि बिक्रीमा ल्याउने



काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक १४ गतेदेखि गोप्य हकप्रद शेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले शिलबन्दीद्वारा सर्वसाधारणका लागि ३ लाख ५५ हजार ६० कित्ता हकप्रद शेयर विक्रीमा ल्याउन लागेको हो ।

कम्पनीले असोज ६ गतेदेखि २८ गतेसम्म हकप्रद शेयर विक्री खुला गरेको थियो । कम्पनीले २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा २३ लाख २४ हजार १५ कित्ताका लागि मात्र आवेदन परेको थियो । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेकाले नबिकेको शेयर पुनः विक्री खुला गर्न लागेको हो ।

उक्त हकप्रद शेयरमा इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले कात्तिक २१ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद शेयरमा विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यलय टेकु, काठमाडौं र राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयबाट आवेदने दिन सकिने छ ।


प्रतिक्रिया दिनुहोस्