अब नेप्सेको नयाँ वेबसाइट पूर्णरुपमा सञ्चालनमा आउने « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

अब नेप्सेको नयाँ वेबसाइट पूर्णरुपमा सञ्चालनमा आउने



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले नट्सको लगइन र युजर आइडी लिन सूचीकृत कम्पनीलाई आग्रह गरेको छ ।

कात्तिक २७ गतेदेखि नेप्सेको नयाँ वेबसाइट पूर्ण रुपमा सञ्चालनमा आउने बताउँदै नेप्सेले नट्सको लगइन र युजर आइडी लिन आग्रह गरेको हो ।

नेप्सेमा सूचीकृत संगठित संस्थाहरुलाई कात्तिक २५ गतेभित्र नट्सको लगइन र युजर आइडी लिन आग्रह गरेको छ ।

नेप्सेमा सूचीकृत सम्पुर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेबसाइटबाट सार्वजनिक गर्नको लागि सम्पुर्ण सूचीकृत कम्पनीहरुलाइ नेप्सेको नट्स अनिवर्य रहनेछ ।

नेप्सेले कात्तिक २७ गतेदेखि नयाँ वेबसाइटमा मात्रै सार्वजनिक हुने र पुरानो वेबसाइट अन्तर्गतमा सम्पुर्ण लगइन र युजर आइडी खारेज हुने नेप्सेले जनाएको छ ।

तोकिएको समयभित्र सूचीकृत कम्पनीहरुले सूचना तथा विवरणहरु सम्प्रेषण गर्न नसके प्रचलित प्रावधान अनुसार हुने नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्