आचारसंहिता उल्लङ्घनका कुनैपनि अंश नछुई आयोगको संयन्त्र नै निष्क्रिय पार्ने चुनौति
काठमाडौं । निर्वाचन आयोगले आगामि मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालन पर्ने आग्रह गरेको छ । बुधबार पत्रकार सम्मलेनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आयोग आचारसंहित पालना गर्ने संयन्त्र बनाउनु भन्दा आचारसंहिता उल्लङ्घनका कुनैपनि अंश नछुई आयोगको संयन्त्र नै निष्क्रिय बनाउन चुनौति दिए ।
आयोगले उम्मेदवार, पत्रकार तथा आम जनसमुदायले आचारसंहितको सहि रुपमा पालना गरी आचारसंहित उल्लङ्घन बारे आयोगले बनाएका संयन्त्र निष्क्रिय पार्ने सहयोग गर्ने भनेको हो ।
निर्वाचन आचारसंहिता लागू भए देखि हालसम्म आचारसंहिता उल्लङ्घन गर्ने ७४ संस्था वा ब्यक्तिलाई स्पष्टिकरण सोधिएको बताउदैं कात्तिक २५ गतेभित्र सबैंलाई आचारसंहित बमोजिम कारबाहिको दायरामा ल्याउने जानकारी दिए । आचारसंहिताका दुई पाटा भएको भन्दै एउटा पाटो प्रचारप्रसार र अर्को दण्डात्मक पक्ष रहेको बताए । दण्डात्मकको पाटोमा स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए सचेत गराउने तथा दण्ड जरिवाना गर्ने आयोगका प्रवक्ता थपलियाले बताए ।












