आज कतिछ सुनचाँदीको भाउ ?
काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १०० सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९३ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ ९२ हजार ६०० रुपैयाँले घटेको छ । तेजावी सुन ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य भने वृद्धि भएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भई १ हजार २२५ रुपैयाँ कायम भएको छ।












