एकैदिन १४०० रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको कति ? « Arthapath.com
७ असार २०८३, आइतबार

एकैदिन १४०० रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको कति ?



काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ महंगिएको छ । आइतबार छापावाला सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन अर्थात शुक्रबार ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९४ हजार ५०० रुपैयाँ पुगेको छ ।यस्तै, शुक्रबार ९२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको तेजावी सुन आज भने ९४ हजार रुपैयाँ कायम भएको छ ।

आइतबारका लागि चाँदीको मूल्य १ हजार २७५ रुपैयाँ कायम भएको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्