सुदुरको पिडा: भत्किए छाउगोठ, भत्किएन मनस्थिति
काठमाडौं । नेपालको सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा छाउगोठ भत्किए पनि मानिसमा रहेको कुरीतिको त्यो मनस्थिती भत्किन नसक्दा अझै पनि कयौं सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा महिला छाउगोठमै बस्न बाध्य छन् । महिलाहरु महिनाबारी हुदाँ छुटै ठाउँ बस्नु पर्न, मानिसलाई छुन नमिल्ने, घर छुन नमिल्ने तथा घर छुदा देउता रिसाउछन् भन्ने अन्धविश्वास अझै पनि निमुल हुन सकेको छैन ।
महिनाबारी हुदा घर भन्दा टाढा छुटै ठाउँमा ५ दिन देखी ७ दिनसम्म राख्ने गलत कुप्रथाका कारणले कयौं नारी बलात्कृत हुने, कतिको छाउगोठ भित्र निसास्सिएर प्राण त्याग हुने, जङगली जनावरको आक्रमण गर्ने र सर्पले टोकेर मुत्यू भएका घटना दिनहु हुदा पनि परम्परागत सोचले गर्दा यसलाइ रोक्न सकिएको छैन ।
आज भोलिका नारीहरुले सो कुरालाई अस्वीकार गरेपनि परम्परागत सोच भएको व्यक्ति गर्दा छाउगोठको समस्या र्टन सकेको छैन । गृहमन्त्रालयले छाउगोठ र्निमुल पार्न अभियान अर्न्तगत छाउगोठ ब्यबस्थीत गर्न (बिजुली, खटीया, घरसगैं जोडिएको, बेड बिस्तारा) पुराना छाउगोठ भत्काउन निर्देशन दिए लगत्तै सुदुर तथा कर्णाली प्रदेशमा वडा कार्यालयले प्रहरी प्रशासनको साहायतामा छाउगोठ त भत्काए तर मनस्थिति भत्काउन सकेन सोहि कारणले महिलाहरु जोखीममा गरेका छन् । पहिला महिलाहरु छाउगोठमा बस्ने छाउगोठ भत्काए सगै भित्र सुत्दा देउता रिसाउने डरले अहिले खुल्ला आकासमा तथा गाइ भैसीको गोठमा सुत्ने गरेकोले झन जोखिम बढेको छ ।
२१ औं सताब्दीमा पनि यस्तो कुप्रथा कायम हुदा समाजविकासमा पनि एक नराम्रो धक्का लागेको छ । सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा छाउपढी मात्र नभई धामीझाकी प्रथा बोक्सी प्रथा पनि जिवित नै रहेको पाइन्छ कोहि बिरामी हुदा अस्पतालको सट्टा धामीझाकीकोमा लैजाने अन्धविश्वासले गर्दा कयौंले ज्यान गुमाएका छन् ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १६८ (३) ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउगोठमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनुहुँदैन भन्ने व्यवस्था गरेको छ । यस्तो कसुर गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
समाजमा विद्यमान समस्या प्रति सरकार वाला निकाय पनि संगलन भएको पाइन्छ । दिन भरी छाउपढी प्रथा अपराध हो भनेर चोक चोकमा आर्दशको नारा लगाउने सरकार वाला निकाय पनि आफु र आफ्नो परिवार लाई सोहि अपराध गर्नमा प्रेरित गराउछन् । अनि महिलाको हक हितमा काम गर्न संघ सस्थामा पनि सोहि प्रवृति देखा परेको छ । समाजमा अझैपनि जिवित रहेका यस्ता कुप्रथालाई न्यूनिकरण तथा अन्त्य गर्नलाई सरकारी निकाय बाट जनचेतना मुलक कार्यक्रम गरी सो गलत सोच लाई पनि भत्काउनु जरुरी सबैले आफ्नो आफ्नो क्षेत्रबाट लागि पर्न पर्छ राम्रो कामको सुरुवात अभै देखी आफै देखी सुरु गर्नु पर्छ अनि मात्र यस्ता गलत सोच निमुल हुन सक्छन ।
(अमृता बोहरा बैतडि जिल्ला डिलाशैनी गाउँपालिका वडा न ४ घर भइ हाल रत्न राज्य लक्ष्मी क्याम्पसमा स्नातक तह पत्रकारिता अध्ययरत विद्यार्थी हुन)












