नेप्सेमा एक कम्पनीको १ लाख कित्ता शेयर सूचीकृत « Arthapath.com
२० कार्तिक २०७९, आईतवार

नेप्सेमा एक कम्पनीको १ लाख कित्ता शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर सूचीकृत भएको छ । आइतबार गरिमा विकास बैंकको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकको १ लाख ९ हजार ८११ कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले लिलामीमा ल्याएको संस्थापक शेयर सूचीकृत गराएको हो ।

अव यो शेयर सोमवार (कात्तिक २१ गते) देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्