संचालन र खुद ब्याज आम्दानी घट्दा आँधिखोला लघुवित्तको मुनाफा समेत प्रभावित, यस्तो छ अन्य सूचक « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

संचालन र खुद ब्याज आम्दानी घट्दा आँधिखोला लघुवित्तको मुनाफा समेत प्रभावित, यस्तो छ अन्य सूचक



काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा ओरालो लागेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आइपुग्दा लघुवित्तको खुद नाफा ७८.७० प्रतिशतले घटेर १९ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ९३ लाख ४४ हजार रुपैयाँमा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५.८६ प्रतिशतले घटेर १ करोड ३४ लाख ८६ हजार रुपैयाँ आर्जन गरेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १ करोड ८१ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ९६ लाख ४४ हजार रुपैयाँ संचालन नाफा आर्जन गरेको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा संचालन नाफा घटाएर ९ लाख ९९ हजार रुपैयाँमा खुम्चिएको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी १० करोड रुपैयाँ, जगेडा कोष ७३.८० प्रतिशतले बढेर १३ करोड ६९ लाख ४० हजार रुपैयाँ, सापटी २३.८५ प्रतिशतले बढेर ७७ करोड २८ लाख ३० हजार रुपैयाँ, निक्षेप संकलन २०.६० प्रतिशतले बढेर ४७ करोड ६२ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ ।

असोज समान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९६ पैसा र प्रतिशेयर नेटवर्थ २३६ रुपैयाँ ९४ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्