ग्लोबल आइएमई लघुवित्तको अधिकांश सूचक ओराला « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

ग्लोबल आइएमई लघुवित्तको अधिकांश सूचक ओराला



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ओरालो लागेको हो ।

आर्थिक वर्ष २०७९।०८० को पहिलो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद नाफा ५८.१५ प्रतिशतले घटेर २ करोड ६७ लाख ४६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ६ करोड ३९ लाख ८ हजार रुपैयाँ आर्जन गरेको हो ।

असोज मसान्तसम्मको अवधिमा लघुवित्तको संचालन नाफा र खुद ब्याज आम्दानी ओरालो लाग्दा खुद नाफा समेत प्रभावित बनेको हो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १३.८० प्रतिशतले घटेर १३ करोड ६८ लाख ६ हजार रुपैयाँ आर्जन गरकेो हो । गत आर्थिक वर्षको सोहि अवधिमा लघुुवित्तको खुद ब्याज आम्दानी १५ करोड ८७ लाख ६७ हजार रुपैयाँ कमाएको थियो ।

साथै, लघुवित्तले गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ९ करोड १२ लाख ९७ हजार रुपैयाँ संचालन नाफा गरेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा संचालन नाफा ५८ प्रतिशतले घटेर ३ करोड ८३ लाख ४७ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ५५ करोड २५ लाख रुपैयाँ, जगेडा कोष ५४ करोड ८२ लाख रुपैयाँ, निक्षेप संकलन ३.२८ प्रतिशतले बढेर ३ अर्ब ५ करोड ८२ लाख रुपैयाँ र कर्जा प्रवाह ८ अर्ब ४८ करोड १० लाख रुपैयाँ आर्जन गरेको हो ।

असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ७६ पैसाले घटेर १९ रुपैयाँ ३६ पैसा र प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ २२ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्