ग्रामीण विकास लघुवित्तको मुनाफामा पहिरो « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

ग्रामीण विकास लघुवित्तको मुनाफामा पहिरो



काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तको सो अवधिसम्ममा खुद नाफा ११२.८५ प्रतिशतले ओरालो लागेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ९ करोड २० लाख ९६ हजार रुपैयाँ रहेको लघुवित्तको खुद नाफा चालु आर्थिक वर्षको सोहि अवधिमा भारी गिरावट आइ १ करोड १८ लाख ३५ हजार रुपैयाँमा सिमित भएको हो ।

यस अवधिमा लघुवित्तको संचालन नाफा र खुद ब्याज आम्दानीमा भारी गिरावट आउँदा मुनाफा समेत ओरालो लागेको हो । असोज मसान्तसम्मको अवधिमा लघुवित्तको संचालन नाफा १०७०.९३ प्रतिशतले हो । संचाल नाफा १ अर्ब ३१ करोड ४९ लाख ५८ हजार रुपैयाले ऋणात्मक रहेको छ ।

असोज मसान्तसम्मको अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.२३ प्रतिशतले घटेर २१ करोड ९८ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३० करोड २० लाख ६२ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ९८ करोड २५ लाख रुपैयाँ, जगेडा कोष १५.४४ प्रतिशतले बढेर १ अर्ब २७ करोड ७९ लाख रुपैयाँ, सापटी ९.११ प्रतिशतले घटेर ६ अर्ब ३८ करोड १३ लाख रुपैयाँ र निक्षेप संकलन १.५८ प्रतिशतले घटेर ३ अर्ब ७८ करोड ८९ लाख ८० हजार रुपैयाँ आर्जन गरेको हो ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८० पैसा नोक्सानमा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ७ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्