कालिका लघुवित्तको नाफासंगै घट्यो प्रतिसेयर आम्दानी, कस्ता छन् मुख्य सूचकहरु ?
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।
विवरण अनुसार कम्पनीले चालु आवको असोज मसान्तसम्ममा १ करोड ३१ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको असोज मसान्त्सम्मको तुलनामा भने ७२.२१ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ८० लाख १७ हजार रुपैयाँ नाफा गरेको थियो ।
उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ६.८१ प्रतिशतले घटेर ७ करोड ११ लाख ५४ हजार रुपैयाँ कायम भएको छ । चालु आवको असोज मसान्तसम्ममा कम्पनीको कुल संचालन आम्दानी ११.८६ प्रतिशत, संचालन नाफा ६७.४८ प्रतिशतले घटेर क्रमशः ८ करोड ६३ लाख २१ हजार र ८४ लाख ३१ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीको चुक्ता पुँजी ३१ करोड २८ लाख ७५ हजार रुपैयाँ रहेको छ । कम्पनी ३.३७ प्रतिशतमा झारेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५२ रुपैयाँले घटेर १६ रुपैयाँ ८३ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ८५ पैसा रहेको छ ।


















