जनउत्थान सामुदायिक लघुवित्तले माग्यो सीइओ, शैक्षिक योग्यता कति ? « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

जनउत्थान सामुदायिक लघुवित्तले माग्यो सीइओ, शैक्षिक योग्यता कति ?



काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) माग गरेको छ ।

लघुवित्तले मंगलबार एक सूचना प्रकाशित गर्दै २१ वर्ष पुरा भइ ५० वर्ष ननाघेको सीइओ माग गरेको हो । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउण्टेन्सी वा ब्यवस्थापन, बैंकिङ, वित्तीय, मौदिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ शास्त्र, गणीतशास्त्र, ब्यापार प्रशासन, जनप्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि शासिल गरेको तथा बैंकिङ क्षेत्रमा ५ वर्ष अनुभवि हुनु पर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (कात्तिक २२ गते) ले २१ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय तथा इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्