५ आर्थिक वर्षको लाभांश बुझिलिन नेरुडे लघुवित्तको सेयरधनीलाई अनुरोध

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले पुरानो लाभांश बुझिलिन अनुरोध गरेको छ । ५ आर्थिक वर्षको नगद लाभांश बुझिलिन सेयरधनीलाई आग्रह गरेको हो ।
संस्थाले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०६६–६७, २०६७–६८, २०६८–६९, २०७०–७१ र २०७२–७३ को नगद लाभांश लिन भनेको हो । लगानीकर्ताले नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र लिई लघुवित्तको सेयर रजिष्ट्रार आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड टेकु, काठमाडौंमा ३५ दिन भित्र सम्पर्क गर्नु पर्नेछ ।
संस्थाले अहिलेसम्म नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न पनि भनेको छ ।