सपोर्ट लघुवित्तको मुनाफा ४ लाखमा खुम्चियो, अन्य सूचक कस्तो ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सपोर्ट लघुवित्तको मुनाफा ४ लाखमा खुम्चियो, अन्य सूचक कस्तो ?



काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म खुद नाफा ६७.६८ ले घटेर ४ लाख ४५ हजार रुपैयाँमा सीमित भइको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले १३ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा कम्पम्नीको खुद ब्याज आम्दानी २१.०७ प्रतिशतले घटेर १ करोड ३५ लाख ७१ हजार रुपैयाँमा आएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १ करोड ७१ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २१ लाख ८५ हजार रुपैयाँ संचालन नाफा गरेको लघुवित्तकाले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा उक्त संचालन नाफा ६७.६८ प्रतिशतले घटेर ४ लाख ४५ हजार रुपैयाँमा सिमित भएको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीको चुक्तापूँजी ८ करोड ५८ लाख रुपैयाँ, जगेडा कोष ३.७५ प्रतिशतले घटेर ५ करोड १६लाख रुपैयाँ, सापटी ६.२९ प्रतिशतले घटेर ९० करोड ८७ लाख र निक्षेप संकलन ३५.१० प्रतिशतले बढेर २८ करोड ४१ लाख रुपैयाँ आर्जन गरको छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ २७ पैसाले घटेर २ रुपैयाँ ०८ पैसामा आइको छ । प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ २४ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्