सबैको लघुवित्त शेयर बिक्रीमा, सर्वसाधारणले समेत आवेदन दिन पाउने « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सबैको लघुवित्त शेयर बिक्रीमा, सर्वसाधारणले समेत आवेदन दिन पाउने



काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २२ हजार ४२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको हो ।

उक्त शेयर खदिर गर्ने चाहने विद्यमान सस्थापक शेयरधनी वा अन्य जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (कात्तिक २५ गते)ं ले १५ दिन भित्र कम्पनीको तनहुँ, बन्दीपुर डुम्रेस्थित केन्द्रीय कार्यालयमा आवेदन पेश गर्न आग्रह गरेको छ ।

कम्पनीले विद्यमान सस्थापकहरुलाई प्राथमिकता दिदैं खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा तोकिएको अवधि भित्र विद्यमान संस्थापकहरुबाट कुनै पनि आवेदन नपरे पछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्