आरएमडीसी लघुवित्तका अधिकांश सूचकमा छलाङ
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरकेो छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा आकाशिएको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तको मुनाफा ५४.१६ प्रतिशतले बढेर १० करोड ८८ लाख ६३ हजार रुपैयाँ आर्जन गर्ने सफल भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको मुनाफा ७ करोड ६ लाख १८ हजार रुपैयाँ रहेको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आउँदा मुनाफा समेत बढेको हो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३७.६६ प्रतिशतले बढेर १७ करोड ५० लाख ४९ हजार रुपैयाँ आर्जन गरेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा भने लघुवित्तको खुद ब्याज आम्दानी १२ करोड ७१ लाख ५७ हजार रुपैयाँले रहेको थियो ।
त्यस्तै, असोज मसान्तसम्म आइपुग्दा कम्पनीको संचालन नाफा ५४.१६ प्रतिशतले बढेर १५ करोड ५५ लाख १८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा १० करोड ८ लाख ८३ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ, जगेडा कोष ५.३५ प्रतिशतले बढेर १ अर्ब ९ करोड ४१ लाख २९ हजार रुपैयाँ, कर्जा प्रवाह ३७ लाख ६ हजार रुपैयाँ रहेको छ ।
। कम्पनीको खुद ब्याज आम्दानी ३७.६६% र सञ्चालन नाफा ५४.१६% ले सुधार भएपछि खुद नाफा पनि बढेको हो ।
हाल आरएमडीसी साना किसान लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ । खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३३ पैसाले बढेर ३५ रुपैयाँ ९ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ २७५ रुपैयाँ ३० पैसा छ ।


















