मिर्मिरे लघुवित्तको मुनाफा झण्डै ३ करोड, यस्तो छ अन्य सूचक « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

मिर्मिरे लघुवित्तको मुनाफा झण्डै ३ करोड, यस्तो छ अन्य सूचक



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत आर्थिक वर्षको तुलनामा नाफा ४९.३८ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको संचालन नाफा ओरालो लाग्दा खुद नाफा समेत प्रभावित बनेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तको संचालन नाफा ४९.३८ प्रतिशतले घटेर २ करोड ८२ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा ७ करोड ९७ लाख ७८ हजार रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्मको अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.६० प्रतिशतले बढेर १२ करोड ६१ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२ करोड १७ लाख ७३ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी २२.१० प्रतिशतले बढेर ५३ करोड १२ लाख ५ हजार रुपैयाँ, जगेडा कोष ३७.२४ प्रतिशतले बढेर ३० करोड ३१ लाख ६० हजार रुपैयाँ, सापटी १.३५ प्रतिशतले बढेर ५ अर्ब ५३ करोड ४२ लाख ७० हजार, निक्षेप संकलन २९.८२ प्रतिशतले बढेर २ अर्ब ७७ करोड ७८ लाख ४ हजार रुपैयाँ रहेको छ ।

गत वर्ष ५८ रुपैयाँ ५८ पैसा प्रतिसेयर आम्दानी रहेको यसको यो त्रैमाससम्म आईपुग्दा ३७ रुपैयाँ ३४ पैसाले घटेर २१ रुपैयाँ २८ पैसामा झरेको छ । प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ १ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्