स्वाभिमान लघुवित्त ६७ लाख नोक्सानमा, अन्य सूचक कस्तो ? « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

स्वाभिमान लघुवित्त ६७ लाख नोक्सानमा, अन्य सूचक कस्तो ?



काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तले ६७ लाख ८२ हजार रुपैयाँ नोक्सानमा छ । अघिल्लो वर्षको यसैअवधिमा लघुवित्तले ७४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६८.२९ प्रतिशतले घटेर ६७ लाख १३ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६७ लाख १३ हजार रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्मको अवधिमा लघुवित्तले ६७ लाख ८२ हजार रुपैयाँ संचालन नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको संचालन नाफा ७४ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ३२.३० प्रतिशतले बढेर १२ करोड १७ लाख ८२ हजार रुपैयाँ, जगेडा कोष ६०.४२ प्रतिशतले बढेर ११ करोड २७ लाख १९ हजार रुपैयाँ, सापटी ५.३२ प्रतिशतले बढेर १ अर्ब ३४ करोड ११ लाख ६९ हजार रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २२ रुपैयाँ २८ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ २७ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्