डिप्रोक्स लघुवित्तको मुनाफा झण्डै १० करोड, चुक्तापूँजी अर्बपति क्लबमा जाँदा अन्य सूचक कस्तो ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा ९ करोड ९१ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । जुन गत आर्थिक वर्ष भन्दा ४२.८९ ले थोरै हो ।गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले १७ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.४३ प्रतिशतले बढेर ३३ करोड २४ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले ३५ करोड ९१ लाख ४० हजार रुपैयाँ आर्जन गरेको थियो ।
असोज मसान्तससम्मको अवधिमा आइपुग्दा लघुवित्तको संचालन नाफा ४३.१३ प्रतिशतले घटेर १४ करोड १६ लाख १५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको संचालन नाफा २४ करोड ९० लाख १ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ, जगेडा कोष २०.७३ प्रतिशतले घटेर ९६ करोड ४ लाख ५७ हजार रुपैयाँ, निक्षेप संकलन १८.९० प्रतिशतले बढेर ८ अर्ब २० करोड ५६ लाख ३१ हजार रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्म प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७५ पैसाले घटेर ३४ रुपैयाँ २९ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ २७५ रुपैयाँ २८ पैसा छ ।