श्रीजनशील लघुवित्तको मुनाफा १ करोड माथि

काठमाडौं । श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेकोको विवरण अनुसार खुद नाफा ३२.७९ प्रतिशतले घटेर १ करोड ८ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १ करोड ६१ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको संचालन नाफा र खुद ब्याज आम्दानी ओरालो लाग्दा मुनाफा प्रभावित बन्न पुगेको हो । पहिलो त्रैमाससम्ममा लघुवित्तको संचालन नाफा ७४.४४ प्रतिशतले घटेर ६४ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा २ करोड ५२ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, असोज मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २९.२३ प्रतिशतले घटेर ३ करोड १६ लाख ३१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४ करोड ४६ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको चुक्तापुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ, जगेडा कोष ३९.१२ प्रतिशतले बढेर २१ करोड ९९ लाख ६२ हजार रुपैयाँ, सापटी १०.५७ प्रतिशतले बढेर १ अर्ब १९ करोड ५७ लाख ७४ हजार रुपैयाँ र निक्षेप संकलन २३.१८ प्रतिशतले बढेर ८६ करोड ४८ लाख ९ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीले केही समय पहिले मात्रै आइपीओ जारी गरेको थियो । यसको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ६४ पैसार र प्रतिशेयर नेटवर्थ २५९ रुपैयाँ ५९ पैसा रहेको छ ।