सानिमा ग्रोथ फण्डको इकाई बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा
काठमाडौं । सानिमा ग्रोथ फण्डको इकाई बाँडफाँट भएको छ । सानिमा क्यापिटल लिमिटेडले गत कात्तिक १६ गतेदेखि ३० गतेसम्म विक्री गरेको सानिमा ग्रोथ फण्डको इकाई बाँडफाँट गरेको छ ।
योजना व्यवस्थापकले प्रति इकाई १० रुपैयाँ अंकित दरको १२ करोड इकाई विक्री गरेको हो । उक्त इकाई मंसिर ११ गते बाँडफाँट गरेको हो । कुल कित्ता इकाईमध्ये १३ प्रतिशत अर्थात १ करोड ५६ लाख इकाई कोष प्रबद्र्धक सानिमा बैंकको लागि र २ प्रतिशत अर्थात २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटलका लागि सुरक्षित गरेको छ । यी वाहेक बाँकी १० करोड २० लाख इकाई भने सार्वजनिक निष्कासनमा मार्फत विक्री गरेको हो ।
११ बर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजनाको इकाई बाँडफाँट पश्चात् धितोपत्र दोस्रो बजारमा सुचीकृत गरी कारोबार गर्न सकिने व्यवस्था मिलाईने योजना व्यवस्थापकको भनाई छ ।
बाँडफाँड सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको बेवसाइट तथा सिडिएुस एण्ड क्लियरिङबाछ संचालित बाट हेर्न सकिनेछ ।













