कालिका लघुवित्तको स्वतन्त्र संचालकमा बसन्त बहादुर थापा नियुक्त
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालकमा बसन्त बहादुर थापालाई नियुक्त गरेको छ ।
कम्पनीको मंसिर ११ गते बसेको संचालक समितिको बैठकले थापालाई स्वतन्त्र संचालकमा चयन गरेको हो । उनलाई मंसिर १२ गतेदेखि लागू हुने गरी संचालकमा नियुक्त गरेको हो ।