एनसीसी बैंकको नगद लाभांश वितरण सुरु, तपाईको खातामा आयो त ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले नगद लाभांश वितरण सुरु गरेको छ । बैंकले यस वर्षको नगद लाभांश गत मंसिर ६ गतेदेखि वितरण सुरु गरेको हो ।
गत मंसिर २ गते सम्पन्न बैंकको २५औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट ११ प्रतिशत प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।
गत आवको मुनाफाबाट बैंकले हाल कायम चुक्तापुँजी ३.३६ प्रतिशत बोनस सेयर र करसमेत ७.६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
बैंकका अनुसार सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश जम्मा गरिएको बताएको छ ।
नगद लाभांश बैंक खातामै जम्मा गर्ने व्यवस्था रहेकाले हालसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूलाई यथाशीघ्र गराई लाभांश प्राप्त गर्न बैंकले अनुरोध गरेको छ ।
बैंकले बोनस सेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् वितरण गर्ने सूचना मार्फत जनाएको छ ।