सपोर्ट लघुवित्तको शेयरमा आवेदन दिने आज अन्तिम मौका, प्रतिकित्ता कति ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा आवेदन दिने आज (मंसिर २५ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले संस्थापक समूह तर्फको ७ हजार १५० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।
उक्त शेयरको न्यूनतम मूल्य ५ सय रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरि आवेदन पेश गर्ने सकनेछ । सेयर खरिदको लागि बोलकबोल गर्दा न्यूनतम १०० देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ ।
शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी मंसिर २५ गतेभित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु , काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश सकिनेछ ।
यस अघि कम्पनीले विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिदैं शेयर खरिदका लागि ३५ दिन सूचना प्रकाशित गरेकोमा तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेपछि उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री खुला गरेको हो ।