२३ श्रावण २०८३, शनिबार

४१ प्रतिशत शुल्क वृद्धि गरेको भन्दैं ऐश्वर्य बहुमुखीमा ताला, प्रशासन भन्छ वृद्धि नियमसंगत



काठमाडौं । कैलालीको धनगढीमा ऐश्वर्य बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । संयुक्त विद्यार्थी संगठन नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियू लगायतका संगठनहरुले शूल्क वृद्धि फिर्ता लिन माग गर्दै ताला लगाएका हुन ।

विद्यार्थी संगठनले क्याम्पस प्रशासनविरुद्ध नाराबाजीसहित प्रशासनमा ताला लगाएका हुन । बिद्यार्थीको ढाक सेक्ने गरि वृद्धि गरेको ४१ प्रतिशत शुल्कको बिरोधमा सयुक्त बिद्यार्थी संगठनले आज ऐस्वर्य बहुमुखी क्याम्पस प्रशासन शाखा र क्याम्पस प्रमुखको कार्यालयमा अनिश्चितकाल सम्मको लागी तालाबन्दी गरेको जनाइएको छ । प्रशासन सङ्ग पटकपटक छलफल गर्दा बैठकहरु बिना निस्कर्ष टुङ्गिने र दुई पटक ज्ञापन पत्र बुझाउदा समेत प्रशासनले वास्ता नगरेको र वृद्धि गरेको शुल्क बिनासुचना कार्यान्वयन गरेको भन्दैं संगठनले तालाबन्दी गरेको हो ।

यता विद्यालय प्रशासनले भने ३ वर्षमा शूल्क बढाएको भन्दैं यो वृद्धि स्वाभाविक भएको बताएको छ । क्याम्पसका प्रमुख धर्मदेव भट्टले क्याम्पसले ३ वर्षमा शूल्क बढाएको विषयमा आपत्ती जनाउनु नियमसंगत नभएको दावी गरेका छन्। कलेजमा राजनीनित गर्नु, ताला लगाउनु र होहल्ला गर्नु उचित नभएको भट्टले बताए।

अबैधानिक रुपमा शुल्क वृद्धि गरेको र बिद्यार्थीहरुले पटक पटक बैठक राख्दा र २ पटक ज्ञापनपत्र बुझाउन पनि प्रसासनले नटेरेको र एकलौटी रुपमा बिना सुचना शुल्क बढाएको कारण तालाबन्दी गरिएको हो। अधिकार मागेर नदिए खोसेर लिन हामी तयार रहेको र अबैधानिक मुल्य वृद्धि फिर्ता नलिए थप आन्दोलनका कार्यक्रम घोषण गर्दै शसक्त तरिकाले जाने बिद्यार्थी चेतावनी रहेको छ ।