रेमिट टू नेपाल एनपीएसमा आबद्ध

काठमाडौं । रेमिट टू नेपाल नेशनल पेमेन्ट स्वीच (एनपीएस) मा आबद्ध भएको छ । कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न एनपीएसमा आबद्ध भएको हो ।
त्यसका लागि रेमिट टू प्रालि र एनसीएचएलले सम्झौता गरेका छन् । सम्झौतापत्रमा रेमिट टू नेपालका महाप्रबन्धक सन्तोष भेटुवाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार रेमिट टू नेपालको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस ९एनपीआई०सँग जोडी एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गर्न सकिनेछ ।
सो व्यवस्था अनुसार रेमिटले सम्पूर्ण भुक्तानी कारोबारहरू सोझै लाभग्राहीको बैंक खाता वा वालेटमा जम्मा गर्ने बताइएको छ ।