किन्ने होइन लघुवित्तको शेयर, प्रतिकित्ता ५ सय मै किन्ने पाउने मौका

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २१ हजार ८५७ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०० तोकिएको हुँदा आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी कबोल गर्नुपर्नेछ । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको सञ्चालक समितिमा निवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधिमासंस्थापक शेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई विक्री गरिने जानकारी दिइएको छ ।