फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा « Arthapath.com
५ पुष २०७९, मंगलवार

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १३औं वार्षिक साधारण सभा पुष ३० गतेका लागि बोलाएको छ । कम्पनीको पुष ४ गते बसेको संचालक समितिको बैठकले सभा आम्रपालि ब्याङ्क्वेट भाटभटेनी काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले यस लघुवित्त वित्तीय संस्थाले अन्य कुनै लघुवित्त वित्तीय संस्थालाई गाभ्ने गाभिने तथा प्राप्ति आवश्यक भएकोमा आवस्थामा सम्पूर्ण कार्यहरु गर्नका लागि संचालक समितिलाई पूर्ण अख्यितयारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ पुस १४ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्