महुली लघुवित्तले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले एफपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ दरको ४ लाख १६ हजार १४७ कित्ता साधारण शेयर प्रचलित बमोजिम अंकित मूल्यमा प्रिमियर थप गरी सार्वजनिक गर्नेछ ।
