नेरुडे लघुवित्तले घोषणा गर्यो लाभांश: २२% बोनस दिने, नगद कति ?

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैंठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।
कम्पनीले आफ्ना सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद गरि कुल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
सो प्रस्तावित लाभांश ने पाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई कम्पनीको आगामी साधारण सभाले पारित भएपछि वितरण हुनेछ।