राष्ट्र बैंकले आँधीखोला र सीवाईसी नेपाल लघुवित्तलाई दियो मर्जरका लागि अन्तिम स्वीकृति « Arthapath.com
७ पुष २०७९, बिहीबार

राष्ट्र बैंकले आँधीखोला र सीवाईसी नेपाल लघुवित्तलाई दियो मर्जरका लागि अन्तिम स्वीकृति



काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई लघुवित्त कम्पनीलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तले मर्जरको लागि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्रदान गरेको हो ।

दुबैं लघुवित्त असार २२ गते मर्जरमा जाने सम्झौता गरेसँगै असोज ७ गते शुक्रबार सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए

आँधिखोला लघुवित्तको केन्द्रीय कार्यालय स्याङ्गजाको बयरघारीमा रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ९० लाख रहेको छ । सीवाईसी नेपाल लघुवित्तले भने केहि समय अघि मात्र आइपीओ जारी गरेको हो । कम्पनीको केन्द्रीय कार्यालय बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका स्थित बाग्लुङ बजारमा रहेको छ । कम्पनीको चुक्ता पुँजी १२ करोड १६ लाख रहेको छ ।


प्रतिक्रिया दिनुहोस्