गुराँस लघुवित्तको साधारण सभा पुष ३० गते, बुक क्लोज कहिले ?

काठमाडौं । गुराँस लघुवित्तले वार्षिक साधारण सभा पुष ३० गतेका लागि बोलाएको छ । सभा भेडेटार भिलेज रिसार्ट, धनकुटामा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुष २० गते बुक क्लोज गर्ने भएको हुदाँ पुष १९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
एयकत थ्यगच ऋयmmभलत