२५ प्रतिशत लाभांश छुट्ला है, सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
१४ पुष २०७९, बिहीबार

२५ प्रतिशत लाभांश छुट्ला है, सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (पुष १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुष १७ गते बुक क्लो गर्ने भएको हुदाँ पुष १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनी गत आर्थिक वर्षको मुनाफाबाट संचालक समितिले निर्णय गरे बमोजिम शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले १०औं वार्षिक साधारण सभा पुष ३० गतेका लागि बोलाएको छ । सभा सुनसरीको दुहवीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानमा बस्ने गरी आव्हान गरेको हो ।

साथै, सभाले अन्य कुनै पनि लघुवित्त वित्तीय संस्थालाई गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको उपयुक्त संस्थाहरू पहिचान गर्नेलगायत काम गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्