११ श्रावण २०८३, सोमबार

इन्स्योरेन्स इन्स्टिच्युट नेपालको साधारण सभा सम्पन्न, पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने

इन्स्योरेन्स इन्स्टिच्युट नेपालको साधारण सभा सम्पन्न, पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने



काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारण सभाले पुँजी वृद्धिका लागि विद्यमान सेयरधनीलाई हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

सभामा कम्पनीको हाल अधिकृत पुँजी १० करोड र चुक्ता पुँजी ५ करोड रुपैयाँ रहेको छ । कम्पनीको कार्यक्षेत्र विस्तार गर्न पर्याप्त हुनेगरि अधिकृत पुँजी ३० करोड र चुक्ता पुँजी २० करोड रुपैयाँ पुर्याउने भएको हो ।

सोही सभामा गत आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन, आय व्यय हिसाब नाफा/नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसहितको प्रतिवेदन स्वीकृत तथा पारित गरेको छ ।

यसका साथै सभाले चालु आवको लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको हो ।