सुनको मूल्य निरन्तर उकालो, प्रतितोला १ लाख ३ हजार ९ सय « Arthapath.com
२५ पुष २०७९, सोमबार

सुनको मूल्य निरन्तर उकालो, प्रतितोला १ लाख ३ हजार ९ सय



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रालाई निरन्तता दिदैं आइरहेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ३ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार भने तोलामा १० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्