११ श्रावण २०८३, सोमबार

नेपाल लाइफका मेरुदण्ड भनेका अभिकर्ता हुन्, उनीहरुकै मेहनत र परिश्रमले थप सबल हुन्छौं: सीइओ पराजुली

नेपाल लाइफका मेरुदण्ड भनेका अभिकर्ता हुन्, उनीहरुकै मेहनत र परिश्रमले थप सबल हुन्छौं: सीइओ पराजुली



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको बताएका छन् । पुष २४ गते काठमाडौंको हायत प्लेसमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२३ समारोहमा बोल्दैं सीइओ पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको र उनीहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको कुरा बताए ।

उक्त कार्यक्रममा कम्पनीका सीइओ पराजुलीले भर्चुअली उपस्थित भई सबैलाई स्वागत गर्नु भएको थियो । आफ्नो भिडियो संदेशमा प्रमुख उनले अभिकर्ताहरुको चौतर्फी विकाशका निम्ति कम्पनी निकै नै संबेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । वर्ष सकिएको सात दिन भित्रै सन् २०२२ को जनवरी देखि डिसेम्बर अन्तिम सम्म ३७ लाख ९२ हजार ३०० प्रथम बीमा शुल्क सकलन गरी ‘एम.डी.आर.टी’ का लागि योग्य भएका २४३ जना अभिकर्तालाई सम्मानित गरिएको छ ।

उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य व्यक्त गर्दै नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश पार्नुका साथ साथै सम्मानित हुनेलाई बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो । नेपालका ८ हजार मिटर भन्दा अग्ला सबै शिखर आरोहण गर्ने पहिलो महिला बनेर कीर्तिमान कायम गर्नु भएकी पुर्णिमा श्रेष्ठ कार्यक्रममा विशेष अतिथिको रूपमा उपस्थित भई आफ्नो जीवनको सफलता असफलता, चुनौती र अवसरहरुको सम्बन्धमा प्रकाश पर्नु भएको थियो । कार्यक्रममा बोल्दै श्रेष्ठले मान्छेले प्रगती गर्नका निम्ति आफु संगै प्रतिस्पर्धा गर्नु पर्ने र आफ्नो सीप विकाशमा सदैब दत्तचित्त भएर लाग्नु पर्ने कुरा बताए ।

कार्यक्रमको समापन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालल कार्यक्रममा सम्मानित हुने अभिकर्ता महानुभावहरुलाइ लाई बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो। यस कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कयालले आगामी दिनमा समेत कम्पनी व्यवस्थापन अभिकर्ताहरुको सहजकर्ताको रूपमा प्रस्तुत हुने बताउदै आगामी वर्ष अझ बढी संख्यामा अभिकर्ताहरुलाई सम्मानित गर्न कम्पनी लालायित रहेको बताए ।

२०७९ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ ।ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।