एनआइसी एशिया लघुवित्तले पुष मसान्तभित्र साधारण सभा नगर्ने, यस्तो छ कारण

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष मसान्तभित्र साधारण सभा नगर्ने बताएको छ ।
कम्पनीको बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक ढिलाई भएका हुनाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक विवतरणहरु नेपाल राष्ट्र बैंकमा पेश भई स्वीकृतिको अवस्थामा रहेकोले पाँचौ साधारण सभा पुष भित्र गर्ने नसकिने जनाएको हो ।
उक्त वार्षिक साधारण सभा २०७९ चैत समान्तसम्ममा सम्पन्न गर्ने कम्पनीले भनेको छ ।
